You are viewing the translated version of कोष खारेज हुन सक्ने.

Rule 35
कोष खारेज हुन सक्ने
(१) कोषको उद्देश्य पूरा भएमा वा कुनै कारणले कोष सञ्चालन गर्न उपयुक्त नदेखिएमा नेपाल सरकार, मन्त्रिपरिषद्ले जुनसुकै बखत कोष खारेज गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम कोष खारेज भएमा कोषमा रहेको चल तथा अचल सम्पत्ति स्वतः नेपाल सरकारमा सर्नेछ र कोषको नामबाट भएको कर्जा लगानी, कर्जा असुली तथा कोषको दायित्व सम्बन्धमा मन्त्रालयले आवश्यक व्यवस्था गर्नेछ ।